एजेन्सी। एक व्यक्ति धेरै वर्षपछि आफ्नो जीवनसाथी खोजेर जीवनभर सँगै बिताउने प्रण गर्दै विवाह गरेका थिए। विवाहबाट उनी निधै खुशी थिए। र श्रीमतीसँगको रंगीन पल बिताउने कल्पना गरिरहेका थिए। तर विवाह गरेको दश दिनपछि आफ्नी पत्नीका विषयमा यस्तो जानकारी पाए त्यसपछि उनको होश हवास नै उठ्यो।
यो भारतको उत्तर प्रदेशको घटना हो। जहाँका एक युवकले आफ्नो विवाह गरेको दश दिनपछि श्रीमतीको विषयमा यस्तो कुरा थाहा पाए त्यसपछि उनी केही भन्न सक्ने अवस्थामा थिएनन्। विवाहपछि पत्नीसँग सुन्दर पल बिताउने कल्पना गर्दै बसेको दश दिनपछि उनले आफ्नी श्रीमती तेस्रो लिंगी रहेको थाहा पाएका थिए।
जगदीशपुरा क्षेत्रमा बस्ने युवक एक कम्पनीमा मेनेजर पदका कार्यरत थिए। उनको सम्बन्ध गत वर्ष मार्चदेखि कानपुरको किदवई नगरकी युवतीसँग थियो। युवती उच्च शिक्षा हासिल गरेकी शिक्षिका थिइन्। युवकको परिवार युवतीलाई हेर्न गए। उनको हाउभाउ हेरेर केटा पक्षले शंका गरे। तर केटी पक्षले युवती लझाएर यस्तो व्यवहार गरेको बताए। त्यसपछि उनीहरुको धुमधामसँग विवाह भयो।
विवाह भएर घर आएपछि पनि बेहुलीको हाउभाउ अर्कै प्रकारको थियो। सुहागरातको दिन पनि बेहुलीले आफू विरामी भएको बहाना बनाइन् र अर्कै कोठामा गएर सुतिन्। भोलिपल्ट उनी माइत गइन्। दश दिनपछि उनलाई युवकले श्रीमतीलाई लिएर घर आए। त्यो रात उनीहरुसँगै थिए। त्यही क्रममा उनी तेस्रो लिंगी भएको थाहा भयो।
यो विषयमा केटापक्षले आफूलाई धोका दिएको भन्दै केटी पक्षमाथि मुद्दा दायर गरेका छन्। यही कारणले गर्दा युवकलाई डिप्रेशन भएको छ। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ।