काठमाडौं – कोरोना भाइरस( कोभिड-१९) कहरका कारण देशभरका स्कुल कलेज,विश्वविद्यालय ठप्प छन् ।कोरोना नियन्त्रण तथा रोकथामको लागी भन्दै सरकारले गरेको लकडाउन अन्य क्षेत्रमा खुलेपनि शिक्षामा क्षेत्र भने बन्दनै छ । धेरै भिडभाड हुने भएकोले पनि सरकारले स्कुल कलेज बन्दैनै गराएको करिब ५ महिना पुगेको छ । नयाँ शैक्षिकशत्र सूरु हुने समयमै कोभिड फैलिएपछि एसईई परिक्षा स्थगित गरी आन्तरिक मुल्याकंन मार्फत नजिता प्रकाशित गरिएको छ भने कक्षा ११ १२ को परिक्षा हुन सकेको छैन । कक्षा ११ को परिक्षा पनि आन्तरिक मुल्यांकन गरेर नतिजा निकाल्न सरकारले निर्देशिकाजारी गरेपछि पनि केही अन्योलताका कारण यसको परिक्षा गर्ने की आन्तरिक मुल्यांकन गर्ने भन्ने अझै टुंगीएको छैन । कक्षा १२ ,स्नातक तह , स्नाकोत्तर तह देखी लोकसेवा आयोगका परिक्षा पनि हुन सकेका छैनन् । विभिन्न स्कुल,कलेज,विश्व विद्यालयहरुले भने अनलाइन कक्षाबाटै भएपनि पढाई जारी राखेका छन् ।

एसईईको नतिजा आएसँगै विधार्थीले कुन कलेज पढ्ने भन्नेमा केही दोधारे पन पनि देखिन्छ । प्रचारमुखी भन्दा पनि नतिजामा अब्बलता ल्याउने कलेजले नतिजा अर्थात शिक्षाको गुणस्तरमा ध्यान दिन्छन् । त्यस्तै शिक्षाको गुणस्तरलाई ध्यान दिने र नतिजामा अब्बलता हासिल गर्ने कलेजको रुपमा परिचित छ काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल बेसिगाउँमा रहेको भेनस नेसनल कलेज । भेनसमा आगामी शत्र अर्थात कक्षा ११ का लागि अनलाइन दर्ता खुलेको छ । भेनसले शैक्षिक शत्र ७७/७८को लागि कक्षा ११मा व्यवस्थापन, मानविकी, शिक्षा ,तथा कानुन संकायमा अनलाइन दर्ता गर्न सकिने जनाएको छ ।
लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको भेनस नेसनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतमले आगामी शत्रको लागि नाम दर्ताको क्रम शुरु भएको जानकारी दिए । उनले योग्य तथा जेहेन्दार विद्यार्थीका लागि भेनसले छात्रवृति लागयतका सुविधा समेत छुट्टाएको बताए ।
नियमित पठन पाठन संगै विद्यालयले विद्यार्थीहरुको सृजनात्मक विकासमा प्राथमिकता दिएको उल्लेख गर्दै क्याम्पस प्रमुख गौतमले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार उपयोगी रहेको बताए ।
प्रमुख गौतमले अहिलेको समय सुचना प्रविधिको युग भएकोले प्रविधिमैत्री विद्यालय बनाउन लागि परेको बताउँदै यस कार्यलाई प्रभावकारी बनाउनको लागि शिक्षकहरुलाई अभिमुखिकरण कक्षा, अनलाइन मार्फतनै संचालन गरिएको जानकारी दिए। लामो समयसम्म विदामा बस्दा विद्यार्थीहरुको अध्ययन गर्ने बानीमा कमी आउने हुदा नयाँ रचनात्मक कार्यका साथै आफुमा भएको ज्ञानलाई प्रविधिको माध्यमबाट बृद्धि गर्नको लागि पनि अनलाइन कक्षा संचालन गरिरहेको बताए । उनले कोरोना संक्रमण बढीरहेको अवस्थामा दुर दराज र घरमा बसेर तनाव झेलिरहेका विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगोस भनेर भेनस नेसनल कलेजले भर्च्युल माध्यम बाट पनि कक्षा संचालन गरिरहेको स्पष्ट पार्दै अनलाइन् दर्ता गरे पछि त्यसमा जोडिन सकिने बताए ।

उनले सम्पूर्ण एसईई उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै कम शुल्कमा डाउन टाउन मैत्री शिक्षा प्राप्त गर्न भेनसलाई रोज्नलार्इ उनले अनुरोध गरेका छन्। उनले न्युन शुल्कमा गुणस्तरीय शिक्षा” भेनसको जोड भएको बताउदै भेनस ले (एम टु एम) अर्थात् मन्टेश्वरी देखि मास्टर्स सम्मको नीति लिएको उनको भनाई थियो । दक्ष र अनुभवी शिक्षकद्वारा पढाइ हुने भेनस सबैको रोजाइमा पर्दै आएको छ उनले भने भेनसले एसईई मा ४ जीपीए ल्याउने बिद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति दिनेछ ।
नेपालमा अध्ययन र कामबीचको तालमेल नमिल्दा कतिपय विद्यार्थी करीयरमा बाधा पुगेको बताउदै गौतमले उच्च शिक्षा योग्यता र करीयरकै प्रवेशद्वार भएको बताए । अवसर नपाउँदा भने धेरैमा निराशा सृजना गरेको छ ।परिणामस्वरूप अधिकांश युवा विदेशिने गरेका छन् । विदेशिएकाहरू मध्ये पनि पढाइ अनुसारकै काम गर्न पाउने एकदम थोरै हुन्छन् ।अधिकांश विद्यार्थी १२ कक्षा उत्तीर्णपछि विदेशिनुको मुख्य कारण धन आर्जन पनि हो । यसलाई हेर्दा उनीहरू करीयर बनाउन नभई आर्थिक सम्पन्नताको सपना पूरा गर्नतिर लागेको देखिन्छ उनले भने
प्रमुख गौतमले नेपालमै स्नातकका विविध विषयका छनोट र रोजगारका अवसर भएको भन्दै हाल नेपालका कलेजहरूले विद्यार्थीमा सैद्धान्तिक ज्ञानसँगै व्यावसायिक शीप विकास समेत गराउँदै आएको बताए । उनले प्रविधिको उच्चतम सदुपयोग गर्दै भेनसले प्रविधि र व्यवसायलाई जोड दिएर पठनपाठन संचालन गर्न लागेको समेत जानाकरी दिए ।
भेनस कलेजले संचालन गरेको संकायमा मेहनत र लगनका साथ अध्ययन गर्ने हो भने नेपालमै अवसर पाइने पनि उनको भनाई छ । गौतमले बजारको माग र विद्यार्थीको रुचिअनुसार कलेजले बीबीएसमा विभिन्न विषय राखेको बताए ।

प्रमुख गौतमले एसईई पछि कलेज छनोट गर्दा विभिन्न कुराहरु बुझेर मात्र कलेज छनोट गर्न आग्रह गरे। उनका अनुसार कलेज छनौट गर्दा शिक्षक (संकाय)को अवस्था,भौतिक पूर्वाधार,मनौवैज्ञानिक परामर्श,करीअर परामर्श,उत्प्रेरणा दिने कक्षा,शैक्षिक संस्थाको अघिल्लो वर्षको नतीजा,बसाइ र विद्यालयको दूरी,अध्ययनको स्वतन्त्रता,कलेजको नेतृत्व,अतिरिक्त क्रियाकलाप र बिषय पनि छनौट गर्नुपर्छ । उनले भेनस कलेजले माथि उल्लेखित सबै सुविधाहरु समाबेश गरेको बताए ।
प्रमुख गौतमले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ बाट सुरक्षित रहन आम अभिभावक र विद्यार्थीहरुलाई अनुरोध गर्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउन समेत अनुरोध गरेका छन । उनले सरकारले विद्यालय खोल्न अनुमति दिए पछि भौतिक रुपमा नै सुरक्षित रुपमा विद्यालय खोल्नको लागि भेनस तयारी अवस्थामा रहेको समेत उल्लेख गरे ।
