920
Shares
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरमा १ सय ३२ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १ सय १०, भक्तपुरमा ८ जना र ललितपुरमा १४ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए ।
गौतमले विभिन्न जिल्लामा थपिएका ६ सय ३८ जनासहित देशभर संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये १६ हजार ६ सय ६४ जना उपचारपछि घर फर्किएका छन् भने ८३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।