1371
Shares
काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा मात्रै ५६ जनामा कोरोना पुष्टि भएको छ। यस्तै ललितपुरमा र भक्तपुरमा ३/३ जनामा करोना पुष्टि भएको छ। संक्रमितको ठेगाना भने खुलाइएको छैन्।
उपत्यकामा शुक्रबार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। आज देशभर ३७८ जनामा कोरोना पुष्टि भएको छ।