२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

677 Shares
Spread the love

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उपत्यकाका तीन जिल्लामा थप ६२ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार आज काठमाडौंमा ४८, भक्तपुरमा १३ र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमितको ठेगाना भने खुलाइएको छैन। सोमबार उपत्यकामा ५१ जनामा कोरोना पुष्टि भएको थियो।

मंगलबार देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया