२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

२४ घण्टामा ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

1076 Shares
Spread the love

काठमाडौं । नेपालमा शनिबार ३१५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ६ हजार ९९३ जनाको पीसीआर परीक्षण गर्दा ३१५ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २० हजार ८६ पुगेको छ। जसमध्ये १४ हजार ४९२ जना निको भएर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ९३ जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ रहेको छ। यस्तै जना क्वारेन्टिनमा ११ हजार ५३३ रहेका छन् ।

नेपालमा कोरोनाबाट हालसम्म ५६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया