२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

कोरोना परीक्षण गरि पास लिएर काठमाडौं भित्रिनेहरु पनि संक्रमित

1210 Shares
Spread the love

काठमाडौं । काठमाडौं उपत्यका बाहिरबाट पास लिएर काठमाडौं प्रवेश गर्नेहरु पनि कोरोना संक्रमित भएको पुष्टि भएको छ। काठमाडौं प्रवेश गर्ने प्रवेश गर्ने तीन वटा नाकामा संकलन गरिएको स्वाब मध्येबाट २४ जना कोरोना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

पछिल्ला दिनहरुमा काठमाडौं लगायत देशका विभिन्न स्थानमा ट्राभल हिस्ट्री नभएका मानिसहरुसमेत कोरोना पोजेटिभ देखिइरहेका बेला राजधानी उपत्यका भित्रिनेहरुले जिल्लाबाट आउँदा कोरोना परीक्षण गरि पास बनाएर आउँदा पनि संक्रमित देखिनुले महामारीको जोखिम झन बढाएको छ।

प्रतिक्रिया