3126
Shares
शिव परियारको स्वरमा ‘मलाई म जस्तै बन्न देऊ सार्वजनिक भएको छ । महेश आचार्यको शब्दमा शिवको आफ्नै सङ्गीत रहेको ई डी एम् भर्सनमा बनाइएको ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीत भिडियो सार्वजनिक भएको हो ।
शिवालय एल्बममा समाबेश यस गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका हुन् भने रविन दर्शनधारीले मिक्सिङ गरेका हुन् । शिव परियारका सधैँ जसो बजारमा आएको गीत भन्दा फरक शैलीमा निकालिएको यस गीतमा अहिलेको युवा वर्गलाई लक्षित परेर निकालिएको गायक परियारले बताए ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र चलचित्र ‘कथा काठमाण्डू’की निर्देशक सञ्चारकर्मी सङ्गीता श्रेष्ठले भिडियोलाई निर्देशन गरेकी हुन् । लुजा सिंहले खिचेको यो भिडियोलाइ भरत रेग्मीले सम्पादन गरेका छन । गीतमा मुख्य अभिनयमा नव कलाकार कृतिका काफ्लेको रहेको छ । भिडियोमा सुजु पाण्डेको श्रङ्गार रहेको छ ।