२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

शनिबार थपिए कोरोनाका ५७ जना संक्रमित,संक्रमित संख्या १७,५०२ पुगे

1380 Shares
Spread the love

शनिबार कोरोनाभाइरसका ५७ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना देखिएको हो।

नेपालमा अब कोरोना संक्रमित संख्या १७ हजार पाँच सय २ पुगेको डाक्टर गौतमले जानकारी दिए।

क्वारेन्टिनमा २३ हजार २ सय ७५ जना छन् भने आइसोलेसनमा पाँच हजार ८ सय २५ जना रहेको उनले बताए।

कोरोना निको भएर शनिबार एक सय ३ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार छ सय ३७ पुगेको छ।

कोरोनाबाट नेपालमा ४० जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया