२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

अमेरिकामा एकै दिन ६९ हजार जनामा कोरोना भाइरसको संक्रमण

734 Shares
Spread the love

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ६९ हजार १७८ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ३७ लाख ६४ हजार २०३ पुगेको छ ।

यस्तै एकै दिन ८१७ जनाको मृत्यु भएसँगै शनिबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४१ हजार ९३५ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म १७ लाख १० हजार ५६७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १९ लाख ११ हजार ७०१ जनामध्ये १६ हजार ४४९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया