२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

काठमाडौं उपत्यकामा ३ जनामा कोरोना पुष्टि

1519 Shares
Spread the love

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा थप ३ जनामा कोरोना पुष्टि भएको बताए ।

प्रवक्ता गौतमका अनुसार, भक्तपुरका २ जना र काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ जना र त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौँका १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै नेपालको कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ।

आज २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको नमूना परीक्षण भएको उनले जनाकारी दिए।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २८५ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ११ हजार ५३४ पुगेको छ।

त्यस्तै कोरोना संक्रमणबाट अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया