२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

आज कुन जिल्लामा कोरोना संक्रमण कति ?

1339 Shares
Spread the love

काठमाडौं-नेपालमा मंगलबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार धनकुटाका ३, सिराहाका १, सुनसरीका १, तेह्रथुमका १, इलामका २, झापाका १, धनुषाका २१, महोत्तरीका १९,पर्साका २, गोर्खाका २, नुवाकोटका १, काठमाडौँका २ जना रहेका छन्।

यस्तै नवलपरासीका २, रौतहटका १, सिन्धुलीका १, काभ्रेका २, ओखलढुङगाका १, सिन्धुपाल्चोकका १,सुर्खेतका १, प्युठानका ३, बाँकेका १, रोल्पाका ३, वर्दियाका १, दाङका ५, अर्घाखाँचीका ३, पाल्पाका ५, दैलेखका ६, अछामका १४, जुम्लाका ४, कञ्चजपुरका १ तथा कैलालीका ५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप ३४ जना संक्रमित डिसचार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १० हजार ३२८ पुगेको छ।

प्रतिक्रिया