२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

सोमबार थपिए १४४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,९४५ पुग्यो

1162 Shares
Spread the love

सोमबार कोरोनाभाइरसका एक सय ४४ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा कोरोना संक्रमित थपिएर अहिलेसम्म संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ।

२४ घण्टामा पाँच हजार आठ सय ५६ जनाको पिसिआर गरिएको गौतमले जानकारी दिए।

सोमबारसम्म क्वारेन्टिनमा २३ हजार चार सय ७० जना छन् भने आइसोलेसनमा छ हजार छ सय १३ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

सोमबार कोरोना निको भएर एक हजार सात सय ५ जना घर फर्किएका छन्। अहिलेसम्म कोरोना निको भएर दश हजार २ सय ९४ जना घर फर्किसकेका छन् जुन संख्या संक्रमित संख्याको ६०.७ प्रतिशत हो।

प्रतिक्रिया