२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

मंगलबार थपिए २०४ जना कोरोना संक्रमण : संक्रमितको संख्या १६,१६१ पुग्यो

1434 Shares
Spread the love

मंगलबार नेपालमा थप २ सय ४ जना कोरोनाबाट संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।

त्यस्तै २४ घण्टामा ६ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित ७ हजार ४ सय ९९ जना निको भइ घर फर्किएका छन्। हालसम्म ४६ प्रतिशत निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६१ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ।

 

प्रतिक्रिया