२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

काठमाडौं उपत्यकामा थपिए ३० कोरोना संक्रमित

1238 Shares
Spread the love

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौं उपत्यकाका ३० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका पाँचजनामा संक्रमण पुष्टि भएको हो । यस्तै, वीर अस्पताल प्रयोगशालामा एक, र त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा २१ जना गरी काठमाडौं जिल्लाका २७ जना एकै दिन थपिएका हुन् ।

यस्तै, त्रिवि शिक्षण अस्पतालकै प्रयोगशालामा भक्तपुरका एक र ललितपुरका दुई जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया