२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

नेपालमा आज २९३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो

977 Shares
Spread the love

काठमाडौं- नेपालमा आइतबार थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ५४७  पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

प्रतिक्रिया