२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

काठमाडौं उपत्यकामा ३२ जनामा देखियो कोरोना संक्रमण

20022 Shares
Spread the love

काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौंमा २८ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंका १७ महिला, ११ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमामा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना संक्रमण देखिएको छ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका २ पुरुष, ललितपुरका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै आज उपत्यकामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया