२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १२ हजार ३०९ पुग्याे

955 Shares
Spread the love

काठमाडौं : नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितहरुको संख्या १२ हजार ३०९ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका स्वाब परीक्षणका क्रममा ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घन्टामा १३६ जना डिस्चार्ज भएका छन्। देशभर २८३४ जना निको भएर डिस्चार्ज भइसकेका छन्। आज कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ जना पुगेको छ।

प्रतिक्रिया