२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु, मृतकको कुल संख्या पुग्यो २७

1034 Shares
Spread the love

काठमाडौं / कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा थप एक जनाको मृत्यु भएको बताएका हुन्।

गौतमले बिहीवार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै अचेत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए।

अचेत भएकी महिलालाई अस्पताल पुर्‍याउने बितिकै डाक्टरहरुले मृत घोषणा गरेका थिए। मृत्युपछि स्वाब संलन गरी परीक्षण गर्दा असार १२ गते कोरोना पोजेटिभ देखिएको थियो।

मृतक महिलाको हालसम्म परिचय खुल्न नसकेको गौतमले बताए। योसँगै नेपालमा कोरोना संक्रमति मृतक संख्या २७ पुगेको छ।

प्रतिक्रिया