1190
Shares
काठमाडौं, असार १२ । शुक्रबार थप ५९३ जनामा कोरोना (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।
शुक्रबार संक्रमण पुष्टि भएका संक्रमितमा १०७ जना महिला र ४८६ पुरुष गरि ५९३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको जनाए । कुल संक्रमितमध्ये १२ सय ४९ महिला र १० हजार ५ सय ६ पुरुष गरेर ११ हजार सात सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ । नेपालमा कोरोना जित्नेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।
संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । संक्रमण नेपालका ७६ जिल्लामा फैलिएको छ ।