२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

967 Shares
Spread the love

काठमाडौं । गत २४ घण्टामा ४३४ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा गरिएको पिसिआर परीक्षणबाट ४३४ जनामा कोरोनाको संक्रमण भेटिएको हो। यो सँगै कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेकोछ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसरा हालसम्म १ हजार १ सय ४२ जना महिला र १० हजार २० जना पुरुष गरी जम्मा ११ हजार बढीमा कोरोनाको संक्रमण देखिएको हो ।

कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या पनि २ हजार ६ सय ५० पुगेको छ। जसमा २ सय १६ जना महिला र २ हजार ४ सय ३४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकोछ।

गत २० घण्टामा ६ हजार ५ सय ४३ जनाको पिसीआर र ४ हजार १ सय ६७ जनाको आरडिटी परीक्षण गरिएको छ। हालसम्म ७४ हजार २२ जनाका क्वारेन्टाइनमा रहेका छन् भने, ८ हजार ४ सय ८६ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

प्रतिक्रिया