२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

1420 Shares
Spread the love

काठमाडौं ।  पाटन अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय ललितपुरका प्रमुख डाक्टर खगेन्द्र गेलालका अनुसार पाटन अस्पतालमा उपचारत ५० वर्षका एकजना पुरुषको आज बिहान ७ बजे मृत्यु भएको हो । मृतकको स्थायी ठेगाना चितवन भएको र उनी ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका टिकाथलीमा बस्दै आएक थिए ।

डा गेलालका अनुसार ५ महिना अघि ती पुरुषको मिर्गौला प्रत्योपण गरिएको थियो । केही समयमा अघि स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिक अस्पतालले कोरोना भाइरस संक्रमणको आशंका गरी स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । कोरोनाको पुष्टि भएपछि ६ दिनअघि उनलाई नर्भिक अस्पतालबाट पाटन अस्पतालमा सारिएको थियो ।

कोरोना संक्रमितको बिहान ७ बजे मृत्यु भएको र बिहानै शव पनि व्यवस्थापन भइसककेको डा गेलालले बताए ।

‘उहाँको आज बिहान ७ बजे नै मृत्युभएको थियो । नेपाली सेनाको सहयोगमा बिहान १० बजे शव व्यवस्थापन पनि भइसक्यो,’ डा गेलालले खबरहबसँग भने, ‘ ललितपुरको राजदलगणका नेपाली सेनाले मृतकको शव पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिएको हो।’

प्रतिक्रिया