669
Shares
काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।
त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा ७६ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म २ हजार २ सय २४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।