२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

कर्णाली प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

881 Shares
Spread the love

सुर्खेत । कर्णाली प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।

अस्पतालका १ जना भिडियो एक्सरेमा कार्यरत र ४ जना ल्यावमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए ।

उनका अनुसार उनीहरु सबैलाई प्रदेश अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइने छ ।

प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना विरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा संलग्न ४२ जनालाई क्वारेनिटनमा राखिएको थियो ।

उनीहरुको पिसिआर परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया