२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

गुल्मीमा मृत्यु हुनेको संख्या ३ सहित संक्रमित संख्या १६९ पुग्यो

1143 Shares
Spread the love

गुल्मी / गत ४ गते मृत्यु भएका छत्रकोट गाउँपालिका वडा नम्बर–५ मैनडाँडा निवासी ६९ वर्षिय पुरुषको पि सि आर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

उनको ४ गते दिउसो RDT परिक्षण गरिएको मा रिपोर्ट पोजेटिभ आए पछि तत्काल स्वाव सकलन गरिएको थियो र सोहि राती उनको मृत्यु भएको थियो। गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टीनमा रहेका उनको मृत्यु भएको हो ।

मृतक पुरुष प्यारालाइसीसको बिरामी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए ।भारतमा उपचार गरेर घरमा ल्याइएका पुरुषको बिहिवार कोरोना परिक्षणका लागि आरडिटी पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

मृतकको शवलाई ५ गते नै नेपाली सेनाले व्यवस्थापन गरेको थियो । त्यस्तै रेसुङ्गा नगरपालिकामा आजै थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको रेसुङ्गा नगरपालिका स्वास्थ्य फोकल पर्शन बोम अर्यालले जानकारी दिए । यो सहित गुल्मीमा अहिलेसम्म १६९ जना संक्रमण पुष्टि भएको जस मध्ये कोरोनाको कारण ३ जनाको मृत्यु भएको छ भने ६ जना उपचार पछि घर फर्केंका छन ।

प्रतिक्रिया