२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो

1176 Shares
Spread the love
तस्वीरः प्रकाश सिलवाल/रासस

काठमाडौं, असार २ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले संक्रमितको संख्या ६५ सय ९१ पुगेको बताए । पछिल्लो २४ घण्टामा तीन सय ८० जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ६५ सय ९१ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ८ महिलासहित एक सय १७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या एक हजार एक सय ५८ पुगेको छ ।

२४ घण्टामा थप कसैको मृत्यु भएको छैन । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ रहेको छ ।अहिलेसम्म एक लाख ४३ हजार ७ सय ३८ वटा पीसीआर परीक्षण भएका छन् । एक लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा रहेका छन् । ५ हजार ५ सय ३१ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया