२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

थप २७९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४३६४ पुग्यो

1267 Shares
Spread the love

काठमाडौं, जेठ २८ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या चार हजार ३६४ पुगेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २७९ जनामा संक्रमण देखिएको बताए ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या चार हजार ३६४ पुगेको उनले जानकारी दिए ।

कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ६७४ पुगेको छ । पछिल्लो २४ घन्टामा दुई महिलासहित ९० जना ‘डिस्चार्ज’ भएका उनले बताए ।

प्रतिक्रिया