1214
Shares
भरतपुर । चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण भएकाे छ ।
भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको हाे ।
कोरोना संक्रमित ती चिकित्सक भरतपुरको एक निजी अस्पतालमा काम गर्ने गर्थे । २० जना संक्रमित मध्ये १७ जना चितवनका र तीन जना नवलपरासीका हुन् । संक्रमितकाे दर बढीरहदाँ निकाे हुनेकाे संख्या भने निकै कम रहेेकाे छ।