२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

अर्घाखाँचीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

937 Shares
Spread the love

अर्घाखाँची । अर्घाखाँचीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए ।

उनीहरु भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । यस अघि जिल्लाका ५ जनामा सक्रमण पुष्टि भएकोमा भुमिकास्थान नगरपालिकाका एक जना संक्रमित पुरुषको मृत्यु भएको छ ।

चार जना संक्रमितको सन्धिखर्कको हटारीको आइसोलेसनमा उपचार भइरहेको छ । अर्घाखाँचीमा कोरोना संंक्रमित संख्या ३६ पुगेको छ ।

प्रतिक्रिया