843
Shares
काठमाडौं / कोरोना भाइरस संक्रमणका कारण स्याङजामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्ध रहेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपचारको क्रममा उनको मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा राखिएको थियो । संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । मृत्यु हुनेमध्ये अधिकांशमा मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा मृत्यु हुने बृद्धको भने पहिलो नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
