काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले पछिल्लो पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै मुलुकभर संक्रमितको संख्या तीन हजार चार सय ४८ पुगेको जनाएको छ ।
मन्त्रालयको नियमित मिडिया ब्रिफिङ कार्यक्रममा आइतबार डा. विकास देवकोटाले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई सय नौ पुरुष र चार महिलामा कोरोनाभाइरस पोजेटिभ देखिएको हो ।
नयाँ संक्रमित हुनेमा झापाका २, सुनसरीका २ , मोरङका ३, धादिङका १, रौटहटका १, धनुषाका १, सिरहाका २, कालिकोटका ३, दाङका २, प्युठानका १, रोल्पाका १, कपिलवस्तुका १, दैलेखका ३, सल्यानका २८, सुर्खेतका २०, सर्लाहीका ५७, कपिलवस्तुका ९, महोत्तरीका ५, सर्लाहीका १८, सिन्धुपाल्चोकका १ र उदयपुरका ३ जना रहेका डा. देवकोटाले जानकारी दिए ।
हालसम्म कोरोनाभाइरस निको भएर ४६७ जना घर फर्किएका छन् । जसमध्ये तीन सय ९९ पुरुष र ६८ जना महिला रहेका छ भने १३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।