काठमाडौं । थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप ३ सय २३ जनामा कोरोनो संक्रमण भएको पुष्टि गरे । यो सँगै कुल संक्रमितको संख्या ३२ सय पुगेको छ ।