२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

रौतहटमा एकैदिन थप ७४ जनामा कोरोना संक्रमण

811 Shares
Spread the love

रौतहट । रौतहटमा मंगलबार एकैदिन ७४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३०७ पुगेको छ ।

मंगलबार राजपुर नगरपालिकाका २१, राजदेवी नगरपालिकाका १८, दुर्गाभगवती गाउँपालिकाका १४, गौर नगरपालिकाका १३, परोहा नगरपालिकाका चार, यमुनामाई गाउँपालिकाका तीन र गढीमाई नगरपालिकाका एकजनामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

थपिएका नयाँ संक्रमितहरुको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ । उनीहरु सबैजना हालै भारतबाट फर्किएका थिए ।

स्वदेश फर्किएसँगै सम्बन्धित पालिकाको ‘क्वारेन्टाइन’मा बसेका उनीहरुको ‘पीसीआर’ परीक्षणमा कोरोना पुष्टि भएको जनाइएको छ ।

संक्रमितलाई जिल्लाकै ‘आइसोलेसन’मा स्थानान्तरण गरिने जनस्वास्थ्य प्रमुख महेश साहले बताए ।

प्रतिक्रिया