२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

बाजुरामा मृत्यु भएकी दुई बर्षीया बालिकामा कोरोना पुष्टि

698 Shares
Spread the love

बाजुरा । बाजुरामा आइतबार बिहान मृत्यु भएकी दुई बर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मृतक बालिकाको सेती प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । मृतक बालिकाकी २३ वर्षिया आमामा पनि कोरोना पुष्टि भएको छ ।

बुबाको रिपोर्ट भने नेगेटिभ आएको छ । बुढिगंगा नगरपालिका–१ धुरालसैनकी मृतक बालिका बाबुआमासंगै धुरालसैन माविको क्वारेन्टाइनमा रहेकी थिइन ।

क्वारेन्टाइनमा रहंदै उनको अबस्था जटिल भएपछि शुक्रवार साँझ मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गरिएको थियो । बालिकामा पखाला लाग्ने,ज्वरो र श्वास प्रश्वासको समस्या रहेको चिकित्सकको भनाइ छ । उनको परिवार ८ दिन अघि भारतबाट आएको थियो ।

प्रतिक्रिया