२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

कोरोना संक्रमणबाट विश्वभर ३ लाख ६२ हजार भन्दा बढीको मृत्यु

934 Shares
Spread the love

काठमाडौं। कोरोना संक्रमणबाट हालसम्म विश्वभरमा ५९ लाख ४ हजार ६५८ जना संक्रमित भएका छन् भने २५ लाख ७९ हजार ६२९ जना उपचारपछि निको भएका छन्।

कोरोनाबाट हालसम्म ३ लाख ६२ हजार १० जनाको मृत्यु भएको छ। रुसमा पछिल्लो २४ घण्टामा ८ हजार ३७१ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना माहामारीलाई मध्यनजर गर्दै रुसले ब्रिक्स (ब्राजील, रुस, भारत, चीन र दक्षिण अफ्रिका) समूह र संघाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) सम्मेलन स्थगित गरेको छ। यी दुवै सम्मेलन यही वर्ष रुसमा आयोजना हुने तय भएको थियो।

महामारीको अवस्थालाई मध्यनजर गर्दै एससीओ र ब्रिक्स सम्मेलनको आगामी मिति सदस्य देशसँग सल्लाह गरेर तय गरिने भएको छ। रुसमा अहिलेसम्म ३ लाख ७९ हजार ५१ जना कोरोना संक्रमित पुगेका छन्। रुसमा ४ हजार १४२ जनाको मृत्यु भइसकेको छ। रुसमा १ लाख ५० हजार ९९३ जना उपचारपछि निको भएका छन्।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजीलमाथि लयाइएको यात्रा प्रतिबन्धन झन कडा बनाउन निर्देशन दिएका छन्। यद्यपी उनले ब्राजीलबाट अमेरिका फर्किन चाहने नागरिकलाई भने अनुमति दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।  अमेरिकाले गत हप्ता ब्राजीलबाट अमेरिका प्रवेश गर्न रोक लगाएका थिए।

उता म्याक्सिकोमा पछिल्लो २४ घण्टामा ४४७ जनाको मृत्यु भएको छ। योसँगै मेक्सिकोमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४४ पुगेको छ।
उता बेलायतका प्रधानमन्त्री बोरिस जनसनले सोमबारदेखि लकडाउन खुकुलो बनाउने घोषणा गरेका छन्। यो विभिन्न चरणमा लकडाउन खोल्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया