2530
Shares
नेपाली फिल्म नगरीकी पुरानी अभिनेत्री ऋचा घिमिरे नेपाल छाेडेर अमेरिकामा परिवारसंगै सेटल भएकाे धेरै वर्ष भएकाे छ ।
श्रीमान शंकर घिमिरे सहित तीन सन्तानसँग ऋचा अमेरिकामा रमाइरहेका छिन् । उनका दुर्इ छाेरा र एक छाेरी छन् ।
ऋचाले अाफ्ना परिवारहरूसंगकाे रमाइलाेपलहरू फेसबुकमा सार्वजनिक गर्ने गर्छिन् । उनकाे फेसबुकमा होलिडेज, फेस्टिभल र जमघटका तस्बिरहरु टन्नै हेर्न सकिन्छ । यसबाट बुझ्न सकिन्छ उनी परिवारसंग अमेरिकी जीवनमा खुसी छिन् ।
फिल्म ‘तुलसी’ प्रदर्शन गर्न भन्दै अमेरिका उडेका ऋचा र शंकर उतै बस्न थाले । परिवारसँग रमाइरहेकी ऋचा अब फिल्ममा फर्किएलिन् ?
हामिले उनकाे फेसबुक प्राेफाइलबाट उनका फ्यानहरूका लागि केहि तस्विर ल्याएका छाैं ।






