२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

संसदमा संकल्प प्रस्ताव दर्ता

891 Shares
Spread the love

काठमाडौं, जेठ १४ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले घरेलु हिंसा नियन्त्रणका लागि विशेष व्यवस्था गर्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

बुधबार प्रतिनिधिसभाका सांसदहरु डिला संग्रौला, रंगमती शाही र लक्ष्मी परियारले महिलाहरु शारीरिक, मानसिक र यौनजन्य हिंसा भोग्न बाध्य भएको भन्दै यसको न्यूनीकरण र रोकथामका लागि तत्काल कानुन बनाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

संकल्प प्रस्तावमा ‘लकडाउन’को अवस्थामा हरेलु हिंसामा बढोत्तरी भएपनि पीडितले उजुरी दिन नसकेको र उजुरी दिएपनि प्रहरीले प्रशासनले उजुरी लिन नमानेकोलगायतका समस्या समाधानको माग गरिएको छ ।

हिंसा न्यूनीकरण र अन्त्यका लागि सरकारले तत्काल निर्देशिका बनाइ स्थानीयस्तरमा स्थानीय संरक्षण अधिकृत नियुक्त गरी घरेलु हिंसाबाट पीडित व्यक्तिलाई सेवा दिनका लागि सहायताकक्षको स्थापना गर्नुपर्ने र हिंसा न्यूनीकरण गर्न विशेष कार्यविधि बनाउन माग गरिएको सांसद डिला संग्रौलाले जानकारी दिइन् ।

यस्तै, टेलिफोनमार्फत् मौखिक उजुरीहरु आउने गरेको हुनाले सोको उभिलेख प्रत्येक प्रहरी कार्यालय र स्थानीय तहलाई राख्न लगाउन माग गरिएको छ ।

हिंसाबाट पीडितको संरक्षण गर्नको लागि घुम्ती मोबाइल टोली बनाइ अनुगमन गर्नुपर्ने र पीडितलाई घाउजाँच तथा स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया