२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

संशोधनविना एमसिसी पास नगर्न साझाको माग

2127 Shares
Spread the love

काठमाडौं । साझा पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी) सम्झौता संशोधनविना संसद्बाट पास नगर्न सरकारको ध्यानाकर्षण गरेको छ । साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले मंगलबार विज्ञप्ति जारी गरी सम्झौताका कतिपय बुँदा नेपालको राष्ट्रिय स्वाभिमान र हित विपरीत रहेको जनाउँदै संशोधनविना संसदबाट पास गर्नु उपयुक्त नहुने बताएका छन् ।

डा आचार्यले एमसिसी सम्झौता नेपालको कानूनभन्दा माथि भएको, नेपाल सरकारको समेत रु लगानी रहने आयोजनाको लेखापरीक्षणमा महालेखा परीक्षणको संलग्नता नहुने, नेपालभित्रै निर्माण हुने प्रसारण लाइनका लागि तेस्रो मुलुक भारतको स्वीकृत लिनुपर्ने भएको जनाउँदै यसबाट समस्या आउनसक्ने औँल्याएका छन् ।

उनले एमसिसीमार्फत सम्पन्न गरिने आयोजनामा रोजगारीका लागि नागरिकताको कुनै बन्देज नहुने र सम्झौताको केही दफा आयोजना सम्पन्न भइसकेपछि पनि क्रियाशील रहने जनाउँदै यसलाई विवेकपूर्ण ढङ्गले अध्ययन गरेर मात्र अगाडि बढ्न सुझाव दिएका छन् ।

प्रतिक्रिया