२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

राजधानीको ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण

1444 Shares
Spread the love

राजधानीको धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनी काठमाडौंको गोकर्णेश्वरका स्थायी बासिन्दा भएको स्रोतले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार उनीमा केहीदिन अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शनिबार कोरोनाको पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको उल्लेख थियो ।

कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पताल प्रशासनले उनी कार्यरत विभागलाई सिल गरिएको बताएको छ। स्रोतका अनुसार संक्रमित ग्रान्डी अस्पतालको ल्याबमा काम गर्ने कर्मचारी भएको बुझिएको छ।

अहिले कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिसकेको मन्त्रालयल स्रोतले जनाएको छ ।

प्रतिक्रिया