675
Shares
काठमाडौं, जेठ १० । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
थप संक्रमितहरुमा सुर्खेतका तीनजना, बैतडीका चारजना, झापाका एकजना, बाँकेका २७ जना र बर्दियाका एकजना रहेका छन् ।
यसअघि, शनिबारै बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको थियो । जसमा सर्लाहीको गोडैता कबिलास नगरपालिकाका १३ जना पुरुष, कपिलवस्तुको वाणगंगा नगरपालिकाका सात पुरुष र एक महिला, बाराको करैयामाई गाउँपालिकाकी एक महिला, काठमाडौंका एक पुरुष, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका आठ पुरुष र चितवनको भरतपुर महानगरपालिका–६ का एक पुरुष रहेका छन् ।
उपचारपछि निको भएर ७० जना ‘डिस्चार्ज’ भइसकेका छन् ।
नेपालमा कोरोनाभाइरस संक्रमणका कारण हालसम्म तीनजनाको मृत्यु भएको छ ।