काठमाडौँ । प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले घरेलु राजनीतिमा हजारौँ विमती भएपनि राष्ट्रियताको सवालमा आफू र आफ्नो पार्टी सधै सरकार र प्रधानमन्त्रीको साथमा रहेको बताएका छन्। कांग्रेसका केन्दीय सदस्य समेत रहेका पौडेलले सामाजिक सञ्जाल ट्वीट मार्फत आफ्नो प्रतिक्रिया दिदै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारले डटेर अडान लिनु पर्ने पनि बताए ।
घरेलु राजनीतिमा सरकार र प्रधानमन्त्रीसङ्ग हजारौं विमती होलान् तर राष्ट्रिय स्वाधीनताको रक्षाको मामलामा हामी सरकारसँगै छौं। सरकारले डटेर अडान लिनैपर्छ, हामी साथमा छौं । केही भारतीय मिडियाको सनसनीपूर्ण शैली खेदजनक छ। मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको दृश्य टिठलाग्दो हुनेरहेछ।
— Pradip Paudel (@paudelpradipNC) May 21, 2020
उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सधै सरकारको साथमा रहेको उल्लेख गरे। ट्वीटमा उनले लेखका छन्, ‘घरेलु राजनीतिमा सरकार र प्रधानमन्त्रीसङ्ग हजारौं विमती होलान् तर राष्ट्रिय स्वाधीनताको रक्षाको मामलामा हामी सरकारसँगै छौं। सरकारले डटेर अडान लिनैपर्छ, हामी साथमा छौं । केही भारतीय मिडियाको सनसनीपूर्ण शैली खेदजनक छ ।
मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको दृश्य टिठलाग्दो हुनेरहेछ।, केही भारतीय मिडियाले नेपालले सार्वजनिक गरेको नयाँ नक्साको विषयलाई लिएर सनसनीपूर्ण शैली देखाएको भन्दै उनले त्यसप्रति खेद प्रकट गरेका छन्। साथै उनले भारतीय मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको दृश्य टिठ लाग्दो रहेको पनि उल्लेख गरेका छन् ।