२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

गोकर्नेश्वर -४ मा कोरोना संक्रमित परिवारका ७ जनाको स्वाब संकलन

1696 Shares
Spread the love

काठमाडौं / गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई  सिल गरिएको छ।

भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी चलाएर भैरहवाबाट काठमाडौँ आएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानले बताए ।

५५ वर्षका ति पुरुष गोकर्णेश्वर -४ किसिगालमा बस्दै आएका थिए। उनलाई उपचारको प्रवन्ध गर्दै उनको सम्पर्कमा आएकाहरुको विवरण संकलन गरि ७ जनाको पिसिआर परिक्षण गरिएको छ ।

उक्त व्यक्तिका परिवारमा रहेका डेढ वर्षे वालिका  देखि ६० वर्षीय महिलाको पनि परिक्षण गरिएको छ ।त्यस्तै उनको सम्पर्कमा आएका ३६,२७,२३,२८,५० वर्षका व्यक्तिहरुको नेपाल मेडिकल कलेज आत्तरखेलमा परिक्षण गरिएको छ।

 

प्रतिक्रिया