काठमाडौं । नेपालमै अन्तर्राष्ट्रिय स्तरको रियल स्टेट कम्पनीको शुभारम्भ भएको छ । काठमाडौंमा शनिबार एक भब्य समारोहका बीच अन्तर्राष्ट्रिय स्तरको समृद्धि रियल स्टेटको शुभारम्भ भएको हो । पूर्व पर्यटन राज्यमन्त्री परशुराम तामाङले लैनचौरस्थित कम्पनीको कार्यालयमा रिबन काटेर कम्पनीको उद्घाटन गर्नुभएको थियो ।
सरल ढंगमा अन्तर्राष्ट्रिय स्तरको घरजग्गा कारोबार गर्न, परामर्स दिने उद्देश्यले स्थापित समृद्धिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराज्यमन्त्री तामाङले मुलुक समृद्धिका लागि भौतिक संरचनाको विकास अपरिहार्य भएको तर्क गर्दै समृद्धि रियल स्टेटलाई सफलताको शुभकामना दिनु भएको थियो ।

‘गुणस्तरीय भौतिक पूर्वाधार बिना मुलुकको समृद्धि सम्भव छैन ।’ पूर्वराज्यमन्त्री तामाङले भन्नुभयो, ‘त्यसका लागि समृद्धि रियल स्टेटले सुरु गरेको समृद्ध यात्रा सकारात्मक छ ।’ उनले घरजग्गा कारोबारलाई व्यवस्थित र संस्थागत गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनु पर्नेमा जोड समेत दिनुभयो ।
मूलतः बेलायतमा रहेर रियल स्टेटको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको ज्ञानसँगै अनुभव हासिल गरेकाहरुले समृद्धि रियल स्टेटको स्थापना गरेका हुन् । कम्पनीका लगानीकर्ता एवम् प्रमुख कार्यकारी अधिकृत सामसुर्य तामाङले नेपालमा गुणस्तरीय निर्माणसँगै घरजग्गा कारोबारलाई व्यवस्थित गर्न समृद्धिको स्थापना गरेको बताउनु भयो ।
नेपालमा घरजग्गाको कारोबार धेरै भए पनि व्यवस्थित र संस्थागत हुन सकेको छैन । प्रमुख तामाङले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय स्तरबाट घरजग्गा कारोबार गर्न र पूर्वाधार निर्माण गर्न समृद्धि रियल स्टेट सफल हुनेमा विश्वस्थ छौं ।’
त्यस्तै, कम्पनीका संस्थापक एवम् बिक्रि निर्देशक सुमन राईले देशमा घर जग्गाको बिक्रि कम भएको अवस्थामा समृद्धिले बिक्रीको अन्तरास्ट्रिय बिधि अपनाउने भएकोले खरिद बिक्रीको कारोबारमा वृद्धि हुने बताउनु भयो ।

त्यस्तै, कम्पनीका संस्थापक एवम् बजार निर्देशक ललित न्यौपानेले, ‘कतिपय नीतिगत अन्योलका कारण गैरआवासीय नेपालीले ढुक्कसँग लगानी गर्न सकिरहेका छैनन् । बिदेशमा पी आर, नागरिकता लिएकाले पनि हाल नेपाल सरकारले उपलब्ध गराएको गैर आबासिय नेपाली परिचय पत्रले पनि अचल सम्पति खरिद गर्न पाउने, उधोग ब्यवसाय खोल्न पाउने प्राबधान भएको तर धेरैलाई जानकारी नभएकोले जति लगानी आउनु पर्ने हो त्यति मात्रामा आउन नसकेकोले यस बारेमा सम्वृद्धिले व्यापक प्रचार प्रसार गरि यस क्षेत्रमा लगानी भित्र्याउन प्रयास गर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा नेपाल रियल स्टेट एसोसिएसनका अध्यक्ष एवम् एस्टोर्लोजिस्ट राज सिंहले यो ब्यबसाय संस्थागत नभएकोले बिचमा धेरैले कमिसन लिने हँदा ५ लाखको जग्गालाई १० लाख सम्म हाल्नु परि खरिदकर्ताहरु ठगिने गरेको बताउदै सम्वृद्धिलाई सफलताको सुभकामना दिनु भएको थियो ।
त्यसै गरि मेट लाइफ इन्सुरेन्सका सी इ ओ निर्मल काजी श्रेष्ठले, कुनै पनि ब्यवसाय खोलेर मात्र होइन त्यसलाई दिगो बनाउन सक्नु पर्ने कुरामा जोड दिदै सम्बृद्धिमा दक्ष र अनुभबीहरुको टिम भएको र समयको माग बमोजिम ब्यवसाय ल्याएकोले सफल हुने कुरामा ढुक्क हुँदै सफलताको शुभकामना दिनुभएको थियो ।

उद्घाटन कार्यक्रममा उपस्थित हुनु भएका एनआरएन आइसीसीका प्रतिनिधि मोहन गुरुङले शुभकामना दिनु हुँदै आफुले बिक्रीमा राखेको १६ रोपनी जग्गा बिक्रि गर्न सम्वृद्धिलार्इ दिने घोषणा गर्नुभयो ।
उक्त समुद्घाटन कार्यक्रममा दक्षिण एसिया कै नमुनाको रुपमा करिब ८ अर्बको लागतमा पोखरा लेक साइटमा निर्माण हुन् लागेको लेक भिउ रिसोर्ट अपार्टमेन्टका कार्यकारी प्रमुख बिमल बस्यालले उक्त कम्पनीको बजार ब्यवस्थापन र बिक्रिको जिम्मा सम्वृद्धिलाई दिएको प्रमाण पत्र प्रदान गर्दै लेक भिउ रिसोर्ट अपार्टमेन्ट अन्तरास्ट्रिय स्तरको ठुलो संरचना भएकोले यसमा लगानी गर्दा लगानीकर्तालाई फाइदा हुने र पोखरामा पर्यटकको संख्यामा समेत वृद्दी हुने बताउनु भएको थियो । उक्त कार्यक्रममा उक्त परियोजनाको भिडिओ समेत प्रस्तुत गरिएको थियो ।
घरजग्गाको सही मूल्यांकन, व्यवसायिक फोटोग्राफी, कुसल बजार ब्यबस्थापन, व्यावसायिक मोलतोल, परामर्श र सरल प्रक्रियाबाट कारोबार गर्ने भएकाले कम्पनीप्रति व्यवासायीको आकर्षण बढ्ने अपेक्षा गरिएको छ । त्यस्तै, सस्तो सेवाशुल्क, दक्ष र अनुभवी रियल्टर, प्रशस्त छनोट सुविधा, हाउजिङ लोनको व्यवस्थाका कारण पनि समृद्धिको कारोबार उल्लेख्य हुने विश्वास कम्पनीले गरेको छ ।

उक्त कार्यक्रममा कलाकार जितु नेपाल, गायिका पार्वती राई, नेपाली सेनाका सहायक रथी निरन्जन कुमार श्रेष्ठ, मेट लाइफका सीइओ निर्मल काजी श्रेष्ठ, राष्ट्रिय बाणिज्य बैंकका पुर्ब जेनेरल मेनेजर तथा अपि हाईड्रो पावरका अध्यक्ष गुरु प्रसाद न्यौपाने, कन्चनजंघा हाउजिङका प्रमुख शिवहरि दंगाल, यस के भेन्चरका सोह्यल कार्की, एन आर एन आइ सी सी का मोहन गुरुङ, एन सी आइ ग्रुपका एल एन पाण्डे, घासिका अध्यक्ष माधब घिमिरे, तिल बहादुर आले, बिष्णु प्रजापति, रोशन ठकुरी, प्रसन्न धरेल, भरत के सी, अनिन्द्र श्रेष्ठ एवम् एक दर्जन मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।
