२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

सरकारले अतिक्रमित सबै भूभाग फिर्ता ल्याउँछ : प्रधानमन्त्री केपी ओली

1122 Shares
Spread the love

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमित गरेको सबै भूभाग सरकारले फिर्ता ल्याएरै छाड्नै अठोट व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार देखाउने राष्ट्रवादको पक्षमा नभई अनुभूत गर्ने राष्ट्रियताको पक्षमा रहेकैले नीति तथा कार्यक्रममा नेपाली भूमि समेटिएको नक्शा सार्वजनिक गर्ने विषय व्यक्त गरिएको थियो ।’

प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नेपाली नक्शा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको पनि बताए । सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको भन्दै उनले भने, ‘यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन । यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’

प्रधानमन्त्रीले ओलीले भने, ‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा त्यस्तो आकलन गर्नुु पनि अनौठो होइन ।’

नक्शा सार्वजनिक भएसँग संविधानको अनुसूचीको व्यवस्था पनि फेरिनुपर्ने भएकाले उक्त व्यवस्था संशोधन गर्न सरकारले संसदमा संविधान संशोधनको प्रस्ताव ल्याउने भन्दै पारितका लागि संसदलाई आग्रह पनि गरे ।

प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिइरहँदा सांसदहरुले ताली ठोकेर समर्थन गरेका थिए ।

प्रतिक्रिया