२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

‘सरकारको लम्पसारवाद प्रवृत्ति भारतको मिचाहा प्रवृत्तिभन्दा पनि खतरनाक’

1697 Shares
Spread the love

काठमाडौं, वैशाख २७ । नेपाल विद्यार्थी संघले नेपालको सीमा मिचिँदा पनि थाहा नपाएजस्तो चुप बस्ने वर्तमान सरकारको कार्यले संशकित बनाएको बताएको छ ।

शनिबार एक विज्ञप्ति निकाल्दै संघले ‘सरकारको साथ र समर्थनमा यस्ता गम्भीर काम भइरहेको त छैन ?’ भन्दै प्रश्न गरेको छ ।

भारतले चीनको मानसरोवर जाने सडक निर्माण गर्दा नेपाली भू–भाग मिचेको समाचार आएपछि नेविसंघले त्यसको विरोध गर्दै विज्ञप्ति निकालेको हो ।

‘चुनावको समयमा राष्ट्रियताका ठूला र खोक्रा नारा दिने सरकारको लम्पसारवाद प्रवृत्ति भारतको मिचाहा प्रवृत्तिभन्दा पनि खतरनाक रहेको’ विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघले सरकारलाई जनतासमक्ष आफ्नो धारणा स्पस्ट पार्न पनि भनेको छ । चुनावका बेला राष्ट्रियताका नारा लगाइ भोट माग्ने र सत्तामा पुगेपछि सीमा मिचिदा पनि चुप बस्ने सरकारको असली अनुहार जनतासामु प्रस्ट भएको महामन्त्री बल्देव तिमल्सिनाले बताए ।

कोरोना महामारीका कारण जनता आक्रान्त हुँदा होस् या सीमा मिचिँदा एक शब्द नबोल्ने सरकार नेपाली जनताको हुनै नसक्ने नेविसंघको ठहर छ । यस विषयमा सरकार गम्भीर नभए नेविसंघले कडा सडक आन्दोलन गर्ने उनले चेतवानी दिए ।

अर्का महामन्त्री दीपक भट्टराईले सीमा मिचिँदा थाहा नपाएजस्तो गर्ने सरकार र भारतबीचको सम्बन्ध नै शंकास्पद भएको बताए ।उनले विनाशकारी भूकम्पले संकटग्रस्त बनेको मुलुकमा कोरोनाको अर्को महासंकट आएको बेला सरकार गम्भीर नबनेकोप्रति आपत्ति जनाए ।

भारतको रबैयाका कारण नेपाली भू–भागमा मात्र होइन, सम्पूर्ण नेपालीलाई चिन्तित बनाएको बताए ।

नेविसंघले भारतले चीनको मानसरोवरसम्म पुग्ने बाटो निर्माण गर्ने बहानामा नेपाली भू–भाग लिपुलेक हुँदै सडक निर्माणकार्य अघि बढाएको समाचारले दुःखी भएको पनि जनाएको छ ।

प्रतिक्रिया