२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

राष्ट्रियसभा काँग्रेस संसदीय दलको सचेतकमा देवकोटा

1096 Shares
Spread the love

काठमाडौं । राष्ट्रियसभा नेपाली काँग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन भएकी छन् । काँग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज उनलाई मनोनयन गरेको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

सभापति देउवाले पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को दफा १३ को उपदफा (२)बमोजिम उनलाई राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनयन गरेका हुन् । यसअघि राष्ट्रियसभामा काँग्रेस संसदीय दलको सचेतक रहेकी सांसद सरिता प्रसाईको गत फागुुन १९ गते राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद रिक्त थियो ।

प्रतिक्रिया