२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

नेहा धुपियाको यस्तो छ प्रेम कथा (फोटोफिचर)

1632 Shares
Spread the love

एजेन्सी। नेहा धुपिया यतिबेला गर्भवती भएको विषयले चर्चामा छिन्। आज उनको जन्म दिन पनि हो। आज हामी तपाइँलाई नेहा धुपियाको प्रेम कथाका विषयमा जानकारी दिन गइरहेका छौं। आखिर कसरी अंगदको एकतर्फी माया नेहाको मुटुमा बस्यो। र, दुवै जना विवाह गर्न तयार भए?

 

 

नेहा र अंगदको प्रेम कथा त्यतिबेला सुरु भएको थियो जतिबेला ‘तुम्हारी सुलू’ हेरेपछि अंगदले इन्स्टाग्राममा नेहाको फोटो शेयर गर्दै लेखे ‘यू रक्ड मारिया’। त्यतिमात्रै होइन नेहाले पनि टाइगर जिंदा हैमा अंगदको अभिनयको तारिफ गरेकी थिइन्। जब दुवैले एकअर्काको तारिफ गर्न सुरु गरेका थिए, त्यतिबेला उनीहरुबीच प्रेम सुरु भइसकेको थियो।

 

 

यहीबीचमा अचानक नेहा र अंगदबीच विवाह भएको चर्चा भयो।  गुरुद्वारामा परिवार केही नजिकका साथीहरुको उपस्थितिमा नेहा र अंगदले विवाद गरेको तस्वीर सामाजिक संजालमा भाइरल भए।

 

 

विवाहपछि नेहाको बढ्दो वजन पनि पापराजीको दुनियामा चर्चाको विषय बन्यो। योबीचमा नेहा र अंगललाई प्रेग्नेन्सीको विषयमा सोध्दा उनीहरुले अस्वीकार गरे। तर २४ अगस्टमा नेहा गर्भवती भएको पुष्टि भयो र एकपटक फेरि नेहा र अंगद सामाजिक संजालमा फेरि भाइरल भए। यी फोटोमा नेहा आफ्नो बेबी बम्पमा देखिइन्।

 

 

यी दुईबीचको लभस्टोरी निकै पहिला नै सुरु भएको थियो। तर त्यतिबेला यो केवल वन साइडिड लभ स्टोरी थियो। अंगदले नेहालाई देख्ने वित्तिकै आफ्नो मन दिएका थिए। तर नेहाले त्यसतर्फ खासै चासो राखेकी थिइनन्।

 

 

अंगदले नेहालाई पहिलो पटक जिममा देखेका थिए। त्यतिबेला अंगद दिल्लीमा अण्डर १९ खेल्थे। नेहा भने मिस इण्डिया पेजेन्टको तयारीमा थिइन्। पहिलो पटक देख्ने वित्तिकै अंगद नेहाप्रति फिदा भए।

 

अंगद सिंह बेदी चर्चित फिल्म अभिनेता र मोडल हुन्। उनी पूर्व क्रिकेटर बिशन सिंह बेदीका छोरा हुन्।

प्रतिक्रिया