२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

विद्यार्थीलाई निशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघको माग

1065 Shares
Spread the love

काठमाडौं । नेपाल विद्यार्थी संघले इन्टरनेट सुविधा निशुल्क उपलब्ध गराउन माग गरेको छ ।

निशुल्क इन्टरनेट सेवाको पहल गर्न नेविसंघले आज नेपाल दूरसञ्चार संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणमा ज्ञापनपत्र बुझाएको छ ।

कोरोना भाइरस संक्रमणको त्रासले सम्पुर्ण शिक्षालयहरु ठप्प रहेको अवस्थामा अनलाइन शिक्षा नै अहिलेको माग र आवश्यकता रहेको नेविसंघ अध्यक्ष राजीव ढुगांनाद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

इन्टरनेट सुविधा सर्वसुलभ र सबैको पहुँचमा पुर्याउन नेविसंघले माग गरेको र त्यही अनुसार सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएको महामन्त्री उर्मिला थपलियाले जानकारी दिइन् ।

नभएको ठाउँमा इन्टरनेट सुविधा छिटो पुर्याउन र भएका ठाउँमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न ज्ञापनपत्र बुझाइएको थपलियाले बताइन् ।

नेविसंघले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गतको बजेटको सदुपयोग गर्न तथा अन्य आवश्यक प्रबन्ध गर्न समेत आग्रह गरेको छ ।

सबै नियमित अध्ययनरत विद्यार्थीहरुको विवरण सम्बन्धित संस्थाबाट लिने र सम्पूर्ण विद्यार्थीहरुको आइडी बनाई इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन नेविसंघले अनुरोध गरेको छ ।

हाल नेपालमा ७० लाख विद्यार्थी विभिन्न तहमा अध्ययनरत छन् ।

प्रतिक्रिया