काठमाडौं : सरकारको समीक्षा र कोरोनाले पुर्याएको आपतबारे छलफल गर्न डाकिएको काँग्रेस केन्द्रीय समिति केही बेरमा सकिँदै छ।
कोरोना संक्रमण हुन नदिन सानेपामा रहेको केन्द्रीय कार्यालयमा डिसइन्फेक्टेन्ट् छर्किएको छ भने बैठक प्रवेशअघि शरीरको तापक्रमसमेत जाँचिएको थियो।

आजको केन्द्रीय समिति नियमित हुने बैठक नभई दोस्रो तल्लामा सञ्चालन गरिएको छ। बैठक केही बेरमा सकिने काँग्रेस केन्द्रीय कार्यालयले जनायो।
बैठकको ब्रिफिङ गर्दै पार्टीका नेताहरुले प्रवक्ता विश्वप्रकाश शर्माले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गतेभित्र बजेट ल्याइसक्नुपर्ने भएकाले तत्काल संसद शुरु गर्न केन्द्रीय समितिले माग गरेको बताए। कोरोनालाई परास्त गर्न आवश्यक पर्ने रणनीति तय गर्न, सरकारका कमजोरी केलाएर सुधारका लागि सहयोग प्रदान गर्न, सरकारले ल्याएका अध्यादेशभित्रको नियतका विषयमा विश्लेषण गर्न पनि संसद सुरु हुनुपर्ने आवश्यकता कांग्रेसले औल्याएको प्रवक्ता शर्माले बताए।

बैठकले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने मागसमेत गरेको छ।