२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

नेपालमा कोरोना संक्रमितहरुको संख्या ५८ पुग्यो (अपडेट)

842 Shares
Spread the love

नेपालमा फेरि थप एक जना कोरोना संक्रमित थपिएका छन्।

वीरगन्जका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले जानकारी दिए।

यसअघि बुधबार नै एकैदिन तीन जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। स्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।

गत आइतबार पनि वीरगन्जका दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजना महानगरका सफाइ गर्ने कर्मचारी हुन्।

आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ। रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

प्रतिक्रिया